अब एसिड (तेजाब) किन्न सरकारको स्वीकृति लिनुपर्ने भएको छ। एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको हो।
एसिड खरिद गर्न चाहने उद्योगी/व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनुपर्नेछ।
मन्त्रालयले आइतबार जरुरी सूचना जारी गरी एसिड खरिद–बिक्रीमा कडा प्रावधान राखिएको जानकारी दिएको हो।
कानुनबमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ।
यसअघि जो कोहीले सजिलै एसिड खरिद–बिक्री गर्न सक्थे।
जसले गर्दा महिलालाई एसिड आक्रमण हुने क्रम बढेको भन्दै सरकारले गत असोज १२ गते एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरी सोहीबमोजिम एक हप्ताअघि नियमावली बनाएको हो।
हेर्नुहोस्, गृह मन्त्रालयले जारी गरेको सूचना :

Shares

प्रतिक्रिया