आतंकवादीविरुद्ध जम्मु-कस्मिर प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादी संगठन इस्लामिक स्टेट अफ जम्मु एन्ड कस्मिर (आईएसजेके) का कमान्डर मलिक उमैद अब्दुल्लाहलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट एक पेस्तोल, आठवटा चक्कु र एक लाख १३ हजार रुपैयाँ भारतीय रकम बरादम गरिएको भारतीय प्रहरीले जनाएको छ। उनीसँग बयान लिने क्रम जारी छ।
आईएसजेकेका कमान्डर मलिक नियन्त्रणमा लिइएपछि ठूलो खुलासा हुन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया