प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बीमामा प्रश्न गरेका छन्।
कोरोना लागेपछि नेपाल सरकारले नै उपचार गरिदिने साथै भ्याक्सिन समेत निःशुल्क दिने भएपछि बीमा आवश्यक नरहेको बताएका हुन्।
आज मेलम्ची खानेपानी उद्घाटन गर्दै उनले सरकारले नै ल्याएको बीमा पोलिसीमा थोरै त्रुटि रहेको टिप्पणी गरे।
विश्वमा नै थोरैै मुलुकले मात्रै कोरोना (कोभिड १९) रोगको बीमा गरेको थियो। त्यसमा नेपाल पनि पर्छ।
नेपालमा कोरोनाको निःशुल्क उपचार गर्ने व्यवस्था रहेको भन्दै २५ प्रतिशत मात्रै बीमाबापतको रकम दिने पोलिसी परिवर्तन समेत भएको थियो।
तर त्यसको चौतर्फी विरोध भएपछि नयाँ बीमा गर्नेलाई मात्रै सरकारले नयाँ पोलिसी लागू गर्ने निर्णय गरेको थियो।
3
Shares

प्रतिक्रिया