प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची परियोजनामा याङग्री र लार्के खोलाको पानी थप्ने काम तीन वर्षभित्रै पुरा हुने बताएका छन्।
आज शुक्रबार मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।
‘यो परियोजनाबाट अहिले साढे ८ करोड लिटर पानी काठमाडौंमा वितरण भइरहेको छ, यो परियोजनाको क्षमताअनुसार यसलाई १७ करोडसम्म पु¥याइनेछ,’ उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने।
अहिले मेलम्ची परियोजनामा मेलम्ची खोलाको मात्र पानी प्रयोग गरिएको छ।
त्यसमा याङग्री र लार्के खोलाको पानी समेत जोडेर १७ करोड पानी वितरण गरिने उनले बताए।
‘याङग्री र लार्केको पानी जोड्ने काम २०८१ साल सुरु हुँदा सम्पन्न गरिनेछ, आगामी तीन वर्षमा सकिनुपर्छ किनभने मुख्यरुपमा टनेलको काम सम्पन्न भएको छ, त्यसका लागि लामो समय प्रतिक्षा गर्नुपर्दैन,’ उनले भने।
त्यसका लागि तदारुकताका साथ काम गर्न उनले मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए।
‘ढिलोमा पनि तीन वर्षभन्दा बढि लाग्नुहुँदैन किनभने मुख्य काम भइसकेको छ, अब पानी मिसाउने मात्र हो,’ उनले भने।
यो पनि :
राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन
Shares

प्रतिक्रिया