नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने बताए। हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरतातर्फ आफूहरुले लान नचाहेको उनले बताए।
उनले भने, ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ। कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ। हामी अस्थिरता चाहादैनौँ स्थिर होस्। तपाईं सरकारलाई बहुमत जुटाउनुस्। अरु विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ। हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ।’

प्रतिक्रिया