राजनीति


ओलीको आक्रोशः के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थकाे सती जानुपर्ने हो?

ओलीको आक्रोशः के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थकाे सती जानुपर्ने हो?

नेपालखबर
चैत १७, २०७७ मंगलबार १०:४४,

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेपालको राजनीति धमिल्याएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लबको वार्षिक उत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले यो देश प्रचण्डकै कारण देशमा समस्या परेको बताएका हुन्।

‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ’, प्रचण्डको नामै किटेर ओलीले थपे, ‘केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे। के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थकाे सती जानुपर्ने हो?’

उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गरे।

‘सरकार पूर्ण रुपमा प्रेस, वाक् स्वतन्त्रतालगायत अन्य स्वतन्त्रताको पक्षमा दृढताका साथ खडा छ’, उनले भने।

तर प्रेस कति मर्यादित र कति सभ्य भएको छ, दूरगामी भएर हेर्नुपर्ने उनले बताए।

स्वतन्त्रताको अभ्यास मर्यादित भएर गर्नुपर्ने बताउँदै उनले सरकारले सञ्चार क्षेत्रलाई पु¥याउनुपर्ने सहयोग, गच्छेले भ्याएसम्म गर्ने आश्वासन दिए।

‘साथीहरु ढुक्क भए हुन्छ’, उनले भने।

कार्यक्रममा उनी माधव कुमार नेपालमाथि पनि खनिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad