राजनीति


भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप हस्तान्तरण

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप हस्तान्तरण

नेपालखबर
चैत १७, २०७७ मंगलबार १०:४४,

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना खोप उपलब्ध गराएको छ।

भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको ‘कोभिसिल्ड’ को पहिलो खेप आज जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले ‘भिडियो टेली कन्फ्रेसिङ’ मार्फत उक्त भ्याक्सिन प्रधान सेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरे पश्चात नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक रुपमा हस्तान्तरण गरे।

कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए।

प्रत्युत्तरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवम् प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारीविरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad