राजनीति


एमालेका ११ स्थायी समिति सदस्यको आरोप : ओलीले पार्टी विभाजन गरी कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न लागे

एमालेका ११ स्थायी समिति सदस्यको आरोप : ओलीले पार्टी विभाजन गरी कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न लागे

नेपालखबर
चैत १७, २०७७ मंगलबार १०:१६,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी समिति सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाएका छन्।

एमालेका नेपाल–खनाल पक्षका ११ स्थायी समित सदस्यहरुले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन्।

मंगलबार कलंकीको मेधा पार्टी प्यालेसमा नेपा–खनाल पक्षको स्थायी समिति बैठक बसेको थियो।

‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ।

ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौताविपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभइ एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ।

सर्वोच्च अदालतको फैसलापछि पार्टी पुरानै अवस्थामा फर्किए पनि ओलीले एकलौटी ढंगले महाधिवेशद्वारा आयोजित कमिटी भंग गर्न, पद रिक्त नभएको अवस्थामा केन्द्रीय सदस्य थप्ने लगायतका गतिविधि गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।

यसरी विज्ञप्तिमा जारी गर्नेमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्, भीम रावल, सचिव त्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेताहरु मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad