ad ad

राजनीति


वामपन्थी नेता मानन्धरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

वामपन्थी नेता मानन्धरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

नेपालखबर
चैत १७, २०७७ मंगलबार ७:४७,

राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति शोध व्यक्त गरेकी छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले मानन्धरको निधनले आफूलाई दुःखी तुलाएको बताएकी छन्।

उनले दिंवग्त नेता मानन्धरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन्।

‘नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनको खबरले मलाई दुःखी तुल्याएको छ। स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्।

मानन्धरको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता झलनाथ खनाल लगायतले विज्ञप्ति प्रकाशित गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .