विवाह भोज खान गएका उनले त्यहाँ राजनीतिक विषयमा आफ्ना भनाइहरु राखेका थिए।
सो क्रममा ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र इरानको आलोचना गरेको बीबीसीले जनाएको छ।
ट्रम्पले विवाह समारोहमा उपस्थित भएका मानिसलाई ‘मेरो याद आउँछ कि आउँदैन?’ भनेर प्रश्न गरेका थिए।
आफ्नो कार्यकाल सकिएसँगै मेक्सिको र अमेरिकाको सिमानामा तनाव बढेको, त्यहाँ धेरै आप्रवासी थुप्रिएको ट्रम्पको भनाइ थियो।
ट्रम्पले आफूले अमेरिकी हितका लागि विभिन्न देशमा प्रतिबन्ध लगाएको तर बाइडेनले त्यसलाई उल्ट्याएको भन्दै बाइडेनको आलोचना गरेका थिए।
सो क्रममा बाइडेनले धाँधली गरेरै चुनाव जितेको आफ्नो दाबी ट्रम्पले पुनः दोहोर्याएको बताइएको छ।
प्रतिक्रिया