राजनीति


सुकुम्वासीको विषयमा म एकदमै गम्भीर छु: रवि लामिछाने

सुकुम्वासीको विषयमा म एकदमै गम्भीर छु: रवि लामिछाने

नेपालखबर
असार २५, २०८३ बिहिबार १३:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीबारे सोधेको प्रश्नमा सभापति लामिछानेले गम्भीर रहेको प्रतिक्रिया दिएका हुन्। सिंहदरबारस्थित संसद् भवनबाहिर सञ्चारकर्मीले ‘सुकुम्वासीको त रुवाबासी नै भयो, उनीहरूलाई खानबस्न पनि समस्या भयो’ भनेर प्रश्न गरेका थिए। 

त्यसमा सभापति लामिछानेले संक्षिप्त जवाफ दिए। ‘यो विषयमा म एकदमै गम्भीर छु। धेरै नै गम्भीर छु,’ उनले भने, ‘मैले बुझेको छु।’

काठमाडौँका विभिन्न क्षेत्रबाट हटाएर सरकारले सुकुम्वासीलाई होल्डिङ सेन्टरमा राखेको थियो। अहिले होल्डिङ सेन्टरबाट पनि हटाउन खोजेको छ। जसले गर्दा सुकुम्वासी विचल्लीमा परेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad