ad ad

राजनीति


पाँचथरमा माओवादी केन्द्र परित्याग गरी १५ जना राप्रपामा प्रवेश

पाँचथरमा माओवादी केन्द्र परित्याग गरी १५ जना राप्रपामा प्रवेश

नेपालखबर
चैत १५, २०७७ आइतबार ८:७,

पाँचथरमा माओवादी केन्द्र परित्यागगरी केही युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। नव प्रवेशी युवाहरुलाई नेता सगुन सुन्दर लावतीले पार्टीका स्वागत गरेका छन्।

‘हिजो जे जस्तो भनिए पनि, निष्पक्ष राष्ट्रप्रमुख र अभिभावकको भूमिकामा नेपाली जनताले राजसंस्था र सनातन हिन्दुराष्ट्रको माग गरेका छन्। नयाँ नेपालको नारा र बाचाले लक्षित परिवर्तन र समृद्धि प्राप्त गर्न सकेन, समावेशी संरचना र पहिचान स्थापित गर्न सकेन, त्यसैले जनताले विकल्प खोजेका छन्,’ नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा प्रदेश १ का उपाध्यक्ष लावतीले भने।

यनले परिवर्तनका संवाहक हौँ भन्नेले जै जनतालाई धोका दिएको आरोप लगाए।

‘परिवर्तनका संवाहक हौं भन्ने दल र पात्रहरुले जनतालाई भन्ने केही बाँकि रहेन। यसकारण देश र राजनीति नयाँ शिराबाट अघि बढ्नु आवश्यक भएको हो,’ नेता लावतीले भने।

मिक्लाजुङ–१, सराङडाँडामा सम्पन्न राप्रपा वडा भेलामा माओवादी पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जीतबोल राई लगायत १५ जना थिए।

वडा भेलालाई सम्बोधन गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले पार्टीको महाधिवेशनबाट प्राप्त हुने नेतृत्वले देश र जनताको समस्या सम्बोधन गर्ने दावी गरे।

राप्रपा पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, ‘राप्रपा जनताको पार्टी हो, यही रुपमा अघि बढीरहने छ।’ भेलाका सहभागीहरुले स्वर्गीय नेता पद्मसुन्दर लावतीको पदचिन्हमा जनताको सेवामा निरन्तर अग्रसर हुनु पर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .