राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।
आचार्य ६३८ मतका साथ निर्वाचित भएका हुन्। उनका प्रत्यासीहरू झाले ३२४, गणेश कार्कीले १६४ र सागर ढकालले १२८ मत ल्याए।
आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता घोषणा गरेकी रञ्जु दर्शनालाई पनि ३४ मत खसेको छ।
निर्वाचित भइसकेपछि आचार्यले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।
सञ्चारकर्मीहरूसँग उनले भने, ‘अब स्थानीय निर्वाचनसँग जोडिएको लिडरसिप एकेडेमी र क्यान्डिटेड क्लबलाई अगाडि बढाउनेमा ध्यान जानेछ,’ उनले भने।
आचार्यले प्रत्यासी मनिष झाको प्रशंसा पनि गरे।
‘मेरो जितलाई आफ्नै जित मानेर मेरो जितको शुभसमाचार पनि मिडियाहरूलाई दिनुभएको छ,’ उनले भने, ‘यसबाटै थाहा हुन्छ उहाँले सम्बन्धलाई कति महत्त्व दिनुहुन्छ र पार्टीलाई कति माया गर्नुहुन्छ भन्ने।’
Shares

प्रतिक्रिया