राजनीति


रास्वपा निर्वाचन: पदाधिकारीमा १२८९ ले मात्रै गरे मतदान

रास्वपा निर्वाचन: पदाधिकारीमा १२८९ ले मात्रै गरे मतदान

नेपालखबर
असार १२, २०८३ शुक्रबार १८:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको मतदानमा जम्मा १ हजार २८९ मत खसेको छ। दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भएको थियो।

पहिलो चरणको मतदानभन्दा झन्डै १ हजार ६७० मत कम खसेको हो। पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा २ हजार ९५९ मत खसेको थियो।

निर्वाचनको समय लामो भएकाले धेरै प्रतिनिधिहरू घर फर्किएकाले दोस्रो चरणमा कम मतदान भएको हो।

मतदानको समय ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोग सदस्य नारायण प्याकुरेलले जानकारी दिए।

अहिले मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad