राजनीति


देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

नेपालखबर
चैत ८, २०७७ आइतबार १२:३१,

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी पार्टीकाे रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

बैठक सोामबार दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने महामन्त्री शंशाक कोइरालाका स्वकीय सचिव भरत तिवारीले नेपालखबरलाई जानकारी दिए।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीहरुको उपस्थिति रहने छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादी केन्द्र र जसपाले कांग्रेसलाई दबाब दिइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

यसै सन्दर्भमा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टै बैठक बसेको थियो। पौडेल निवास बोहोराटारमा सो पक्षको छलफल भएपछि सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई मान्यता नदिई पूर्ववत् नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) लाई नै ब्युँताएपछि सत्ता समीकरणका लागि नयाँ कसरतहरु सुरु भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad