नेपाली सेनाले बाँकेमा हतियार बरामद गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जमा राखिएको जासुस क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएको आधारमा गरेको ‘अपरेसन महाहण्ट ७’ का क्रममा हतियार बरामद भएको हो।
अपरेसनमा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले शनिबार राप्ती सोनारी गाँउपालिका वडा नं. ९ स्थित कोर इलाका खैरी गोठ क्षेत्रमा खोजतलास गर्दा भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु बरामद गरेको सेनाले जनाएको छ।

शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु समेत बरामद गरी सेनाले निकुञ्ज कार्यालयमा बुझाएको छ।
उक्त घटनामा संलग्न भई फरार भएका व्यक्तिहरुको सक्रियताका साथ खोजी भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया