राजनीति


रामकुमारी झाँक्रीमाथिको कारबाही किन रोके ओलीले?

रामकुमारी झाँक्रीमाथिको कारबाही किन रोके ओलीले?

नेपालखबर
चैत ७, २०७७ शनिबार १२:५५,

 नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने नेताहरुको लिस्टबाट नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठक वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्न भनि नाम प्रस्ताव गरिएको थिए। तर, केन्द्रीय सदस्यहरुले नेत्री झाँक्री केन्द्रीय सदस्यमात्रै भएको र कारबाहीका लागि उनको हैसियत नपुग्ने भन्दै उनको नाम हटाउन सुझाब दिएका थिए।

‘बैठकमा कारबाहीको लिस्टमा रामकुमारी झाँक्रीको पनि नाम आएको थियो, केन्द्रीय सदस्यहरुको सुझाबपछि प्रधानमन्त्रीले नाम हटाउनुभएको हो’, एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

पहिलो पाँच नेतालाई भने पनि पछि रामकुमारीको नाम हटाएर चार नेतालाई मात्रै स्पष्टीकरण सोधिएको हो।

झाँक्री प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कडा आलोचक मानिन्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad