२७ हजार हङकङबासीले बेलायत बस्न पाऊँ भन्दै दिए आवेदन, जोन्सनले यस विषयमा गरे छलफल

२७ हजार हङकङबासीले बेलायत बस्न पाऊँ भन्दै दिए आवेदन, जोन्सनले यस विषयमा गरे छलफल

नेपालखबर
चैत ७, २०७७ शनिबार १२:५४,

बेलायत सरकारका अनुसार गत जनवरीदेखि सुरुवात भएको आवेदन योजनामा २७ हजार हङकङबासीले बेलायतमा बस्न पाऊँ भन्दै आवेदन दिएका हुन्।

शुक्रबार मात्र बेलायती प्रधानमन्त्रीले हङकङका चार परिवारसँग छलफल गरेका थिए।

एससीएमपीका अनुसार जोन्सन र ती परिवारबीच हङकङ छाड्न चाहनुको कारणबारे कुराकानी भएको थियो।

सो क्रममा जोन्सनले आफूहरु हङकङबासीलाई बेलायतमा स्वागत गर्न पाउँदा खुशी भएको बताएका थिए।

जोन्सनले बीएन’ओ पासपार्टको योजनाले बेलायतको ऐतिहासिक र नैतिक दायित्व र प्रतिवद्धतालाई झल्काउने बताएका थिए।

हङकङमा मुख्यक्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएपछि बेलायत चीनसँग रुष्ट बनेको छ।

सोही कारण बेलायतले हङकङमा रहेका बीएनओ पासपोर्टधारी ३० लाख हङकङबासीलाई बेलायतमा बस्न दिने नियम बनाएको छ।

बेलायतले चीनले आफूसँग सन् १९९७ मा गरेको सम्झौता तोडेको र एक देश दुई प्रणालीको नियम नमानेको आरोप लगाएको छ।

यद्यपी चीनले आन्तरिक विषयमा नबोल्न चेतावनी दिँदै आएको छ।

यसरी बेलायतले बीएनओ पासपोर्ट भएका र उनीहरुसँग आश्रित भएका हङकङबासीलाई बेलायत बस्न पाउने प्रावधान बनाएपछि चीनले बीएनओ पासपोर्टलाई नै खारेज गरिदिएको छ।

हाल बीएनओ पासपोर्ट भएकाले हङकङ बाहिर र भित्र जान-आउन नपाइने नियम लागू भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .