राजनीति


नेपाल–खनाल पक्षलाई गौतमको आग्रह : केन्द्रीय समिति बैठकमा गएर ओलीविरुद्ध लडौँ

नेपाल–खनाल पक्षलाई गौतमको आग्रह : केन्द्रीय समिति बैठकमा गएर ओलीविरुद्ध लडौँ

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १०:५९,

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका गलत प्रवृत्तिविरुद्ध लड्न पनि केन्द्रीय समिति बैठकमा जानुपर्ने बताएका छन्।

शुक्रबार अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको र अध्यक्ष ओली र खनाल–नेपाल समूहले छुट्छुटै गतिविधि गरिरहेका बेला अध्यक्ष ओलीले चैत ७ गते (भोलि) केन्द्रीय समिति बैठक बोलाएका छन्। यसअघि फागुन २८ गते नेपाल–खनाल पक्षलाई थाहै नदिइ प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक राखेर महाधिवेशको मिति घोषणा, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेका थिए।

नेपाल–खनाल समूहले केन्द्रीय समिति बैठकमा सहभागी हुनका लागि चैत २८ गतेको निर्णय खारेज हुनुपर्ने माग गरिरहेका बेला उपाध्यक्ष गौतमले भने बैठकमा सहभागी हुन आग्रह गरेका हुन्।

उनले पार्टीमा गुटबन्दी नगर्न र पार्टीलाई एक बनाएर लैजान समेत आग्रह गरे।

‘भोलिको बैठकमा म पनि जान्छु, हामी सबै जाऔँ।त्यहीँ गएर ओलीविरूद्ध लडौं’, गौतमले भने, ‘पार्टीमा सबैले गुटबन्दी बन्द गरौं। नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ।’

 उनले नेपाल–खनाल पक्षको भेलाप्रति पनि आफ्नो समर्थन नरहेको बताए। उनले आफूले भेलाको विरोध गरे पनि भेलाले पास गरेका केही प्रस्तावमा भने आफ्नो समर्थन रहेको बताए। उनले नोपल–खनालले पार्टीमा पूर्ण बैठकको माग गर्न छाडेर छुट्टै पार्टीजस्तो भेला गर्दै हिँडेका कारण आफ्नो समर्थन नरहेको बताए।

उनले भने, ‘ म झलनाथ–माधव कमरेडले गरेको भेलाको पक्षमा छैन। तर, उहाँहरुले पूर्ण बैठकको माग गर्नुपर्दथ्यो। केपी ओली नवौं महाधिवेशका मार्गदर्शक दस्तावेजको पक्षमा हुनुहुन्न भनेर आरोप लगाउनु पर्दथ्यो । राष्ट्रव्यापी छलफल गर्नुपर्दथ्यो। उहाँहरुले त्यसो नगरेर छुट्टै पार्टीजस्तो गर्नुभएको छ, त्यसमा मेरो सहमति छैन।’

उनले अध्यक्ष ओलीले फागन २८ गते गरेको निर्णय फिर्ता गर्नुपर्ने बताए। उनले नेकपा फुट्नुको मुख्य दोषी ओली भए पनि प्रचण्ड पनि दोषी भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad