ad ad

राजनीति


प्रधानमन्त्री ओली हिन्दी फिल्मको डनजस्तो : गगन थापा

प्रधानमन्त्री ओली हिन्दी फिल्मको डनजस्तो : गगन थापा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ११:५९,

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दी फिल्मको डनजस्तो लावालस्कर लिएर हिँड्ने गरेको आरोप लगाएका छन्।

बुधबार स्याङ्जाको भिरकोटमा तरुण दलले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओली कोरोना अवधिभर सिंहदरबार नगएको र प्रधानमन्त्री कार्यालयको भवन उद्घाटन गर्न भने वरिपरि सुरक्षाकर्मी राखेर लावालस्कर लिएर गएको आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्रीको भाषण सुनेर धेरै हाँस्ने गरेको बताउँदै उनले आफूले आफूले जोकर प्रधानमन्त्री नखोजेको बताएका छन्।

उनले प्रधानमन्त्री ओली चौतर्फी सुरक्षा घेरभित्र बसेर आफू असुरक्षित रहेको बताउँदा आफूलाई हाँसो नभई रिस उठ्ने गरेको बताए।

‘कोभिडको संक्रमणको कारण सिंहदरबार टेक्नुहुन्न तर त्यही सिंहदरबारको भवन उद्घाटन गर्न भने हिन्दी फिल्मको डनजस्तो वरिपरि सुरक्षाकर्मी र लावालस्कर लिएर जानुहुन्छ’, उनले भने, यस्तो देख्दा मलाई हाँसो होइन रिस उठ्छ।’

उनले ओलीले बजेटमा अनेकौँ योजना घोषणा गरे पनि ती योजना सुरु नभएको बताउँदै उनले ओलीले वर्षौँ पुराना योजना खोजेर शिलान्यास गर्दै हिँडेको पनि आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .