ad ad

समाज


बलात्कारको आरोपमा फसाएर रकम अशुल्न खोज्ने दुई महिला पक्राउ

बलात्कारको आरोपमा फसाएर रकम अशुल्न खोज्ने दुई महिला पक्राउ

नेपालखबर
चैत ५, २०७७ बिहिबार ११:५७,

काठमाडौंको सुन्धारामा एक ब्यक्तिलाई बलात्कारको आरोपमा फसाएर रकम अशुल गर्ने योजना बनाएका दुई महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ललिताले कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएर कोठामा पुगेपछि आफैँले अश्लिल गतिविधी गरेकी थिइन् भने त्यसको भिडियो कल्पनालाई खिच्न लगाएकी थिइन्।

ललिताले सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरेर बोलाएकी थिइन्।

उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडियो खिँचिएको महाशाखाले जनाएको छ।

उनीहरुले पटक–पटक गरेर तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरेपछि आफूलाई अनावश्यक बार्गेनिङ गरेको भन्दै ती व्यक्ति उजुरी लिएर प्रहरीकहाँ गएका थिए।

अपराध महाशाखाका अनुसार लालसरी शाही र कल्पना हमालले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकाका विरुद्ध ५ असोजमा जाहेरी दिएका थिए। यही मुद्दामा अदालतले लालसरीलाई साढे तीनवर्ष कैदको सजाय सुनाएको हो।

यस्तै लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २२ मंसिर २०७४ मा रिहा भएको महाशाखाले जनाएको छ।

बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुवैलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .