राजनीति


बाइडेनले पुटिनविरुद्ध अभिव्यक्ति दिएसँगै रुसले अमेरिकाबाट फर्कायो आफ्नो राजदूत

बाइडेनले पुटिनविरुद्ध अभिव्यक्ति दिएसँगै रुसले अमेरिकाबाट फर्कायो आफ्नो राजदूत

नेपालखबर
चैत ५, २०७७ बिहिबार ६:५०,

मस्कोले अमेरिकासँगको सम्बन्ध ‘अँध्यारो गल्ली’को अवस्थामा पुगेको भन्दै राजदूत अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो।

अमेरिकी चुनावमा रुसले दख्खल दिएको आरोपकाबीच बाइडनले पुटिनले त्यसको ‘मूल्य चुकाउनुपर्ने’ बताएका थिए।

अमेरिकासँगको ‘उल्टाउन नसकिने क्षति’ जोगाउन भन्दै मस्कोले वार्ताका लागि राजदूत फिर्ता बोलाएको जनाएको छ।

Russia Ambassador to the US Anatoly Antonovराजदूत अनाटोली एन्टोनोभ

अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाउँदै बाइडेनले हालै एबीसी न्यूजसँगको अन्तर्वार्तामा पुटिनले मूल्य चुकाउनुपर्ने बताएका हुन्।

प्रतिवेदनमा पुटिनले अमेरिकीमा चुनावी हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ।

उक्त प्रतिवेदनमा बाइडेनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख गरिएको छ। बीबीसी

Russia's President Vladimir Putin and former US President Donald Trump shake handsपुटिन र ट्रम्प

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad