राजनीति


ओलीले बोलाएको संसदीय दलको बैठकमा हिँडेका नेपाल–खनाल पक्षका सांसद बीचबाटोबाटै फर्किए

ओलीले बोलाएको संसदीय दलको बैठकमा हिँडेका नेपाल–खनाल पक्षका सांसद बीचबाटोबाटै फर्किए

नेपालखबर
चैत ५, २०७७ बिहिबार ६:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार हिँडेका नेपाल–खनाल पक्षका सांसदहरु बीचबाटोबाटै फर्किएका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसद सिंहदरबारबाटै फर्किएका हुन्।

बिहीबार बिहान राष्ट्रिय सानेपास्थित राष्ट्रिय कार्यकर्ता भेलास्थलमा भएको छलफलमा स्थायी समिति सदस्यबाहेकका सांसदहरु संसदीय दलको बैठकमा सहभागी हुने सहमति भएको थियो।

सहमतिपछि स्थायी समिति सदस्यबाहेकका सांसदहरु बैठकका लागि बालुवाटार हिँडे पनि सिंहदरबार पुगेर फर्किएको सांसद गणेश पहाडीले बताए।

‘हामी हेरिटेज गार्डेनबाट संसदीय दलको बैठकमा सहभागी हुनको लागि तीन÷ चारवटा गाडीबाट सिंहदरबारसम्म पुगेका थियौं’, सांसद पहाडीले नेपालखबरसँग भने, ‘त्यहाँबाट हामी फेरि हेरिटेज गार्डेन नै फर्कियौं।’

उनले के कारणले फर्किएको भन्ने बारेमा केही खुलाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad