गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक सहायता प्रतिबद्धता ह्वात्तै बढेको छ।
अर्थ मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यो वर्षमात्रै ७८ अर्बले वैदेशिक सहायता प्रतिबद्धता बढेको हो।
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वैदेशिक सहायता प्रतिबद्धता ७१.५ प्रतिशतले बढी आएको हो।
गत आर्थिक वर्षको माघसम्म १ खर्ब ९ अर्ब प्रतिबद्धता भएकोमा यो वर्ष १ खर्ब ८७ अर्ब रुपैयाँ प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिबद्धतामध्ये अनुदान सहायता ९.७ प्रतिशत र ऋण ९०.३ प्रतिशत रहेको छ।
कुल सहायता प्रतिबद्धतामध्ये द्विपक्षीय सहायता ३.३ प्रतिशत र बहुपक्षीय साहयता ९६.७ प्रतिशत रहेको छ।
वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत, ऊर्जा क्षेत्रमा २४.६ प्रतिशत र बजेटरी सहायताको रुपमा १२.६ प्रतिशत प्राप्त भएको छ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले ७ अर्ब ४६ करोड अनुदान र ३५ अर्ब ३९ करोड ऋण गरी ३२ अर्ब ८५ करोड वैदेशिक सहायता प्राप्ति गरेको छ।


प्रतिक्रिया