नेकपा एमालेको नेपाल-खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ।
मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको एमालेका वरिष्ठ नेता माधव नेपाल निकट एक नेताले जानकारी दिए।
ती नेताका अनुसार नेपाल-खनाल समूले ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो। साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ।
एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष र महासचिववाहेकका पद खारेज गरेपछि नेपाल- खनाल समूह ओलीसँग रुष्ट बनेको छ।

प्रतिक्रिया