राजनीति


केपी ओलीविरुद्ध आज वामदेव गौतमको बैठक

केपी ओलीविरुद्ध आज वामदेव गौतमको बैठक

नेपालखबर
चैत ३, २०७७ मंगलबार ३:८,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको ‘एकलौटी’ निर्णयविरुद्ध उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै छन्।

उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्नेछ। बैठक अभियानको कार्य-सम्पादन समितिको बस्न लागेको हो। जसमा संयोजकसमेत ५१ सदस्य छन्।

गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो।

‘वर्तमान राजनीतिक परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुनेछ,’ मंगलबार बिहान नेपालखबरसँग उनले भने।

यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष पद पनि स्वतः खारेज भएको छ।

त्यसलगत्तै वक्तव्य जारी गरी गौतमले अबदेखि अध्यक्ष ओलीसँग मिलेर जाने सबै सम्भावना समाप्त भएको घोषणा गरेका थिए।

त्यसपछि अर्काे विज्ञप्ति जारी गरी नेता गौतमले ओलीले गरेका सबै ‘स्वेच्छाचारी’ निर्णय बदर गराउन राष्ट्रव्यापी रूपमा अभियान थाल्ने घोषणा पनि गरेका छन्।

याे पनि : वामदेव गौतम अब एमाले एकता अभियानमा, ओलीको निर्णय उल्ट्याउन आह्वान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad