राजनीति


बाइडेनलाई किम जोङ उनकी बहिनीको चेतावनी : ४ वर्ष राम्ररी सुत्न मन छ कि छैन?

बाइडेनलाई किम जोङ उनकी बहिनीको चेतावनी : ४ वर्ष राम्ररी सुत्न मन छ कि छैन?

नेपालखबर
चैत ३, २०७७ मंगलबार २:५३,

उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकालाई कडा चेतावनी दिएकी छन्।

चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देश (उत्तर कोरिया) को भूमिमा बारुदको गन्ध फैलाउन बन्द गर्न अमेरिका राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उनले चेतावनी दिएकी हुन्।

उत्तर कोरियाको सरकारी पत्रिकामा मंगलबार वक्तव्य प्रकाशन गर्दै किमकी बहिनी जोङले अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरु संयुक्त सैन्य अभ्यासको विरोध गरेकी हुन्।

‘हामी दक्षिण कोरियाको रवैया हेरिरहेका छौं। उसले उत्तेजना फैलाउने काम गर्यो भने हामी असाधारण तरिका अपनाउने छौं,’ चेतावनी दिँदै जोङले भनेकी छन्, ‘समुद्रबाट हाम्रो भूमिमा बारुदको गन्ध फैलाउन खोजिरहेको अमेरिकाको नयाँ प्रशासनलाई पनि म भन्न चाहन्छु– आउने ४ वर्ष राम्ररी सुत्न मन छ भने यस्ता काम गर्नु ठीक छैन।’

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन अहिले एसिया भ्रमणमा छन्। सोमबार जापान आइपुगेका उनीहरू द्विपक्षीय वार्ताका लागि बुधबार दक्षिण कोरिया पुग्दै छन्।

जुन वार्ताको मुख्य विषय उत्तर कोरिया नै हुनेछ।

अमेरिकका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयमा कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्ने सहमति पनि भएको थियो। तर अहिले उत्तर कोरिया सहमतिबाट पछि हट्ने मनस्थितिमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad