राजनीति


आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल

आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल

नेपालखबर
चैत २, २०७७ सोमबार ६:१,

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालको नेतृत्वमा पार्टीका दुई समूहबीच पार्टी कार्यालयमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री ओलीले पछिल्लो घट्नाक्रम र पार्टीमा देखिएका विवादबारे छलफल गर्न वरिष्ठ नेता नेपाललाई बोलाएपछि नेताहरु धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय पुगेका हुन्।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका आफूपक्षीय नेताहरु सहित ओली छलफलका लागि कार्यालय पुगेका छन्।

त्यसैगरी सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्टसहितको टोलीसँग नेपाल छलफलमा जुटेका छन्।

अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधि सभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन्।

अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

याे पनि: 
ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad