समाज


पक्राउ गर्न लाग्दा रुखमा चढेका अभियुक्तले हाम फालेर मर्छु भनेपछि प्रहरीलाई तनाव

पक्राउ गर्न लाग्दा रुखमा चढेका अभियुक्तले हाम फालेर मर्छु भनेपछि प्रहरीलाई तनाव

नेपालखबर
चैत २, २०७७ सोमबार ५:४१,

एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा आइतबार काठमाडौं प्रहरीलाई दिनभर तनाव भयो।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानामा चोरी गरेर फरार भएका अभियुक्त पक्राउ गर्न प्रहरीको विपद् व्यवस्थापन टोलीदेखि मानसिक रोग विशेषज्ञ समेत खटिनुपरेको हो।

मकवानपुरको हाँडिखोलाका ३६ वर्षीय खन्ति भन्ने सुकलाल वाइवालाई प्रहरीका विभिन्न युनिट जम्मा भएपछि पनि चार घण्टापछि मात्रै पक्राउ गर्न सफल भएका हुन्।

वाइवालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बज्न लाग्दा फेला पारेको थियो।

गोकर्णेश्वर नगरपालिका ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिरनजिकै लुकीछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा फरार भएका थिए।

No description available.

प्रहरी उनलाई पछ्याउँदै गयो। उनी गोकर्णको खोँचको रुखमा चढे। प्रहरी रुखको फेदमा पुगेपछि उनले अब नछाडे हाम फालेर मर्छु भने। त्यसपछि प्रहरी नै अलमलमा प¥यो। प्रहरीले रुखबाट झर्न आग्रह गर्दा पनि वाइवाले मानेनन्।

त्यसपछि वृत्तको टोलीले घटनाको बारेमा प्रहरी परिसर काठमाडौंमा जानकारी गरायो।

काठमाडौंबाट डीएसपीको कमाण्डमा अर्को टोली पनि घटनास्थलमा पुग्यो। विपद व्यवस्थापनको उद्धार टोली पनि परिचालन गरियो। आत्महत्या गर्नलागेको व्यक्तिलाई सम्झाइ बुझाइ गरी सकुशल फर्काउनका लागि नेपाल प्रहरी अस्पतालबाट मानसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्त समेत घटनास्थलमा पुगे।

No description available.

डा. आशिष दत्तले आत्महत्या गर्न लागेक व्यक्तिलाई करिब १ घण्टा परामर्शपछि दिएपछि उनी फर्किन सहमत भएका थिए।

विपद् व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गएर उनलाई माथि ल्याएको परिसरका एसपी रमेश कुमार बस्नेतले बताए।

उद्धारपछि पक्राउ गरिएका वाइवाविरुद्ध कानूनी कारबाही अगाडि बढाइएको एसपी बस्नेतले बताए।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad