प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
प्रधानमन्त्री ओली पनि केहिबेरमा आइपुग्ने बताइएको छ।
ओलीतर्फका नेता तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि कार्यालय पुगिसकेका छन्।
त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि कार्यालय पुगेका छन्।
केहिबेरपछि नेपालतर्फका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट पनि छलफलमा सहभागिताका लागि पुगेका छन्।
अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओली र नेपाल लगायतका पार्टीको दुई खेमाका नेताहरु प्रतिनिधि सभा विघटनपछि आपसमा पहिलोपटक छलफल गर्न लागेका हुन्।
अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यो पनि :
ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

प्रतिक्रिया