राजनीति


रास्वपा बागमतीको सभापतिमा झिनो मतान्तरले उत्सव अर्याल विजयी

रास्वपा बागमतीको सभापतिमा झिनो मतान्तरले उत्सव अर्याल विजयी

नेपालखबर
जेठ ३१, २०८३ आइतबार ५:३८, हेटौँडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

अर्यालले ४१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी डा. अछुतम लामिछानेले ४१४ मत पाएका छन्। दुई मत मात्रैको अन्तरले अर्याल विजयी बनेका हुन्।

बागमती प्रदेश अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसुधन ढकालका अनुसार मतगणनाको अन्तिम परिणामअनुसार अर्यालले लामिछानेलाई पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी प्राप्त गरेका हुन्।

रास्वपा बागमतीको पहिलो अधिवेशनमा नेतृत्वका लागि अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा भएको थियो।

प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा सुरुदेखि नै अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। अन्तिम मतपरिणामले पनि दुवै उम्मेदवारबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक रहेको पुष्टि गरेको छ।

अधिवेशनअघि सभापति पदमा चार जनाले उम्मेदवारी दिएका थिए। तर मतदानअघि दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर अर्याललाई समर्थन गरेका थिए।

मकवानपुरका अर्याल यसअघि  प्रदेश कमिटीको प्रवक्ताको जिम्मेवारीमा थिए। २ मतान्तरले पराजित भएका लामिछाने नुवाकोट(२ बाट निर्वाचित सांसद तथा यस अघिका प्रदेश सभापति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad