राजनीति


म्यान्मारमा सैन्य कूः चीनविरुद्ध पनि विरोध सुरु, मृतकको संख्या ६० भन्दा बढी

म्यान्मारमा सैन्य कूः चीनविरुद्ध पनि विरोध सुरु, मृतकको संख्या ६० भन्दा बढी

नेपालखबर
फागुन २२, २०७७ शनिबार ७:५१,

सैन्य कूको विरोध गर्ने सर्वसाधारणमाथि सेना तथा प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो।

गत फेब्रुअरी १ मा सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सत्ता हत्याएका हुन्।

त्यसयता दुई वटा ठूलो रक्तपातको घटना भएको छ। यस दौरान एकैदिन १८ र ३८ जनाको सेना तथा प्रहरीले गोली हानेर ज्यान लिएका छन्।

Protestors rally at the Chinese embassy in Myanmar | DD News

निर्वाचनमा धाँधली गरेर सुचीको पार्टीले जितेको भन्दै सेनाले एकवर्ष पछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताएको छ।

अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वभरबाट सैन्य कूको विरोध भइरहेको छ।

यसबीचमा म्यान्मारका सर्वसाधारणले सैन्य कूसँगै चीनको पनि विरोध जनाइरहेका छन्।

म्यान्मारको सेनालाई चीनले साथ दिएको आशंका व्यक्त गर्दै उनीहरुले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको बीबीसीले जनाएको छ।

Myanmar diplomatic revolt against junta widens after violent crackdown |  World News,The Indian Express

प्रदर्शनमा सहभागी मे प्यु भन्छन्,‘हामीलाई थाहा छ चीन यहाँको सेनालाई साथ दिन्छ। चीनले हाम्रो भोटको सम्मान गर्नुपर्छ, चीन हाम्रो देश बाहिर जानुपर्छ।’

उनले म्यान्मारका सेनाले पनि ब्यारेकमा गएर आफ्नो काम गर्नुपर्ने बताएका छन्।

Aung San Suu Kyi | South China Morning Post

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .