राजनीति


संसदीय दलमा मात्र होइन प्रतिनिधि सभामा पनि ओली पक्ष बहुमतमा छ : महासचिव पौडेल

संसदीय दलमा मात्र होइन प्रतिनिधि सभामा पनि ओली पक्ष बहुमतमा छ : महासचिव पौडेल

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १०:५७,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पनि ओली पक्षको बहुमत रहेको दावी गरेका छन्।

गृहजिल्ला रुपन्देहीको बुटवलमा बिहीबार पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले बहुमतमा रहेका कारण प्रधानमन्त्री ओलीले नै अबको दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए।

उनले बहुमतमा रहेका कारण प्रतिनिधि सभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने दावी गरेका हुन्। उनले ओलीलाइृ प्रधानमनत्रीबाट हटाउने सबै प्रकारका षड्यन्त्रहरु असफल हुने दावी गरे।

‘केपी ओलीलाई सरकारबाट हटाउने सबै प्रकारका षड्यन्त्रहरु असफल हुन्छन् किनभने बहुसंख्यक सांसद, संसदीय दल र प्रतिनिधिसभामा पनि ओली पक्ष  बहुमतमा छ’, पौडेलले भने, ‘उहाँलाई हटाउन खोज्ने दाबी निरर्थक छ र असफल हुन्छ। बाँकी दुई वर्षको कार्यकाल कमरेड ओली नेतृत्वको सरकारले निरन्तरता पाउँछ।’

महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिस्ट इतरको सरकार बनाउन प्रचण्ड–नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गरे।

‘उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिस् इतरको सरकार बनाउने उहाँहको प्रयास निरर्थक हुनेछ’, उनले भने।

उनले २०५४ सालमा पनि माधवकुमार नेपालका कारण एमाले फुटेको भन्दै अहिले पनि पार्टी फुटाउन उनी नै लागि परेको बताए। उनले अहिले प्रचण्डले पार्टी फोर्न हिम्मत नगरेको बताउँदै

‘२०५४ सालमा उहाँले लचिलो कदम चाल्नुभएको थियो भने एमाले विभाजनबाट रोकिन्थ्यो। उहाँकै नेतृत्वमा त्यतिबेला नेकपा एमाले विभाजित भयो’, पौडेलले भने, ‘अहिले फेरि दोस्रो पटक उहाँले यो आन्दोलनलाई विभाजित गर्ने कोसिस गर्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad