प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पोखरा जाँदैछन्।
त्यसका लागि प्रधानमन्त्री ओली बिहान ११ बजे त्यहाँ (पोखरा) पुग्ने कार्यक्रम छ।
पोखरा ओर्लनेबित्तिकै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो १ बजे पोखरा सभागृह आयोजना हुने प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। भेलामा ११ जिल्लाका गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मलाई सहभागी गराउने ओली समूहले जनाएको छ।
कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ।
ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।
यसअघि ओली समूहले गण्डकीमै गर्न लागेको सभा सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि स्थगन गरिएको थियो।
आफ्नो कदम (संविधान विघटन गर्ने) असफल भएपछि प्रदेशस्तरीय भेलामा सहभागी हुने प्रधानमन्त्री ओलीको कार्यक्रमलाई चासोका साथ हेरिएको छ।
Shares

प्रतिक्रिया