खेल


लेस्टर सिटीलाई उसकै मैदानमा हराउँदै आर्सनल उक्लियो १०औं स्थानमा

लेस्टर सिटीलाई उसकै मैदानमा हराउँदै आर्सनल उक्लियो १०औं स्थानमा

नेपालखबर
फागुन १७, २०७७ सोमबार १:३०,

इङ्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले हराएको हो।

खेलमा लेस्टर सिटीले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा हार्न बाध्य भयो। आर्सनलको जितमा डेभिड लुइज, एलेक्सान्डर लाकाजेट र निकोलस पेपेले गोल गरे। लेस्टररका लागि युरी टिलेमान्सले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि हार टार्न सकेनन्।

खेलको छैटौं मिनेटमा लेस्टरले युरी टिलेमान्सको गोलबाट अग्रता दिलाएका थिए। ३९औं मिनेटमा डेभिड लुइजले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा इन्ज्युरी समयमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै २–१ को अग्रता लियो। खेलको ५२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै जित सुनिश्चित गरे।

यो जितसँगै आर्सनल २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ। पराजित लेस्टर ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ।

गएराति नै भएको अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्‍याे।

liverpool

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad