अमेरिकी सेनाले हालै सिरियास्थित इरानको समर्थन प्राप्त विद्रोही गुटमाथि हवाई आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।
अमेरिकाका नयाँ राष्ट्रपति बनेका जो बाइडेनको यो पहिलो सैन्य कदम हो।
पेन्टागनले भनेको छ,‘हामील सिरियास्थित सीमामा इरान समर्थित गुटको संरचना ध्वस्त बनाइदिएका छौं।’
इराकस्थित अमेरिकी गठबन्धनको सेना लक्षित आक्रमणको जवाफमा यस आक्रमण भएको पेन्टागनको भनाइ छ।
यसै महिना इराकस्थित अमेरिकी संरचनामा रकेट आक्रमण हुँदा एक सिभिल कन्ट्रोलरको ज्यान गएको थियो।
अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार हुँदा इरानसँगको सम्बन्ध निकै बिग्रिएको थियो।
यतिबेला अमेरिकाले नयाँ नेतृत्व पाएपनि इरानप्रतिको दृष्टिकोणमा परिवर्तन भएको छैन। बीबीसी
3
Shares
प्रतिक्रिया