ad ad

राजनीति


प्रचण्डले भ्रम चिरिदिनु भयो : चौधरी

प्रचण्डले भ्रम चिरिदिनु भयो : चौधरी

नेपालखबर
फागुन १५, २०७७ शनिबार ६:३०,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य शान्ता चौधरीले देशको सार्वभौमिकता र जनताको स्वाभीमानमाथि खेलवाड गर्नेलाई बेलैमा चिन्नुपर्ने बताएकी छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजनमा ‘नेकपा, कांग्रेस र जसपाको सरकार बन्दा भारत र चीन दुवैलाई सहज हुने’ भनि दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले यस्तो बताएकी हुन्।

उनले प्रचण्डको अन्तर्वार्ताबाट विगत एक वर्षदेखि पार्टीभित्रबाटै भएका ‘हर्कत’हरु विदेशीको इसारामा थिए भन्ने कुरा पुष्टि भएको बताएकी छन्।

उनले भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर आफू मर्माहत भएको बताएकी छन्।

उनले केही दिनअघि आन्दोलनको बेला प्रचण्डले भारतीय हस्तक्षेपको आब्हान गरेको र अहिले भारत सुहाउदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेदजनक रहेको बताउँदै राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नुपर्ने बताएकी छन्। उनले प्रचण्डको अन्तर्वार्ताले केहीमा रहेको भ्रमलाई समेत चिरिदिएको दावी गरेकी छन्।

‘सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ। भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो’, शनिबार सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरि बिगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भयो। देशको सार्वभौमिकता र जनताको स्वाभीमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहीमा रहेको भ्रम चिरिदिनु भयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .