ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताएका छन्।
नेकपा ओली समूह निकट अनेरास्ववियूको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रतिनिधि सभा पुनर्स्थापना हुँदा प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुको मात्रै पुनर्वहाली नभएर आफूहरुको पनि पुनर्वहाली भएको भन्दै संसद वा निर्वाचनमा भिड्न तयार रहेको बताए।
उनले भने, ‘हामीलाई संसद पुर्नस्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ। हर मोर्चामा लड्न तयार छ। हामी थाकेका छैनौँ। हामी आत्तिएका छैनौँ। हामी मात्तिएका छैनौँ।’
उनले प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्ने सम्भावना नै नरहेको भन्दै लड्डु खानुको अर्थ नरहेको दाबी पनि गरे।
Shares

प्रतिक्रिया