सरकारले फागुन २३ गते बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्ने सिफारिश गर्ने भएको छ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए।
सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेको थियो।
अदालतले सो फैसला गरेको १३ दिनभित्र संसद बैठक राख्न परमादेशसमेत जारी गरेको थियो।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गरी सर्वोच्चले सो फैसला सुनाएको थियो।
3
Shares

प्रतिक्रिया