ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षका नेता विष्णु रिजालले गरे नेकपा एकताको आह्वान

प्रचण्ड–नेपाल पक्षका नेता विष्णु रिजालले गरे नेकपा एकताको आह्वान

नेपालखबर
फागुन १२, २०७७ बुधबार ४:५६,

प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः एकताका लागि आह्वान गरेका छन्।

सर्वाेच्च अदालतले संसद् पुनर्स्थापना गरेको भोलिपल्ट आज बुधबार बिहान तीनवटा ट्विट गर्दै नेता रिजालले एकताका लागि आआफ्ना ठाउँबाट सोच्ने र योगदान गर्ने बेला आएको उल्लेख गरेका हुन्।

‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरूलाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको छ,’ उनले लेखेका छन्, ‘धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बॉकी नै भएकाले एकताका लागि आआफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने बेला आएको छ।’

bistwee

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .