भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचूरी र अर्को नेता डी राजालाई कस्मिरको श्रीनगरमा पक्राउ परेका छन्। येचूरीले ट्विट गर्दै विमानस्थलमा पक्राउ गरेको बताएका हुन्।
बिरामी रहेका आफ्नो नेता भेट्न पूर्व योजनाअनुसारको भ्रमणमा कस्मिर पुगेका उनलाई विमानस्थलबाट बाहिर जानबाट रोकिएको हो। भाकपाले गैरकानुनी रुपमा उनलाइ हिरासतमा राखिएको भन्दै त्यसको विरोध गरेको छ।
बिहीबार येचुरी र राजाले जम्मु तथा कश्मिरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो भ्रमणको योजनाबारे जानकारी गराएका थिए। पत्रमा भ्रमणका क्रममा कुनै प्रकारको अवरोध नआओस भन्ने चाहना व्यक्त गरेका थिए। येचुरीले आफ्नो कार्यकर्ताहरुलाई भेट्ने बताएका थिए। राजाले पनि त्यस्तो पत्र लेखेका थिए।
The strengthening of the bonds of the people of J&K with the people of India should have been through the process of dialogue with all stakeholders, as promised by the government 3 years ago. Instead, such a unilateral step will only deepen the alienation pic.twitter.com/OmrkINIlRy
— Sitaram Yechury (@SitaramYechury) August 5, 2019
बिहीबार मात्रै पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता गुलाम नवी आजादलाई पनि विमानस्थलबाट बाहिर निस्कन रोक लगाइ दिल्ली फिर्ता गरिएको थियो। आइतबार रातिदेखि कस्मिरको सुरक्षा कडा पारिएको र सञ्चार साधनहरुलाई पूर्ण अवरुद्ध पारिएको छ। आज शुक्रबारबाट भने केही खुकुलो पारिएको छ। यसैसाता सरकारले कश्मिरलाई विशेष दर्जाको राज्यका मान्यता दिने संविधानको अनुच्छेद ३७० खारेज गरेको थियो। जम्मु तथा कस्मिरलाई विशेष राज्यको मान्यता खारेज गर्दै केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको थियो। लद्दाखलाई छुट्टै प्रशासकीय इकाइ बनाउने निर्णय गरिएको थियो।
Shares

प्रतिक्रिया