कारोबार


सहर हरियाली बनाउने अभियानमा सरकारको विशेष जोडः वनमन्त्री बस्नेत

सहर हरियाली बनाउने अभियानमा सरकारको विशेष जोडः वनमन्त्री बस्नेत

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ७:५२,

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरहरुलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्।

मन्त्री बस्नेतले वृक्षरोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरहरुलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको पनि स्पष्ट पारे। उनले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई सचेत गराए।

भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बढ्दो सहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतीको रुपमा उभिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्षभित्र पाँच करोड वृक्षरोपण गर्ने लक्ष्य लिनुपरेको पनि स्पष्ट पारे।

मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतीको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad