पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज आइतबार भारत जाने भएका छन्।
उपचारका लागि उनी नेपाल वायुसेवाको जहाजबाट नयाँ दिल्ली जाने भएका हुन्।
पेटमा समस्या देखिएपछि डा. भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराइरहेका छन्।
तर चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर (Neuroendocrine Tumour) भएको आशंका गरी सिफारिस गरेकाले उनी थप उपचारका लागि दिल्ली जान लागेका हुन्।
दिल्लीमा डा. भट्टराईले ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनेछन्। त्यस क्रममा उनी त्यहाँस्थित नेपाली दूतावासमा बस्नेछन्।
डा. भट्टराईसँग पत्नी पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे हुनेछन्।
Shares

प्रतिक्रिया