राजनीति


पश्चिम बंगालका श्रममन्त्रीविरुद्ध बम हमला, गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना

पश्चिम बंगालका श्रममन्त्रीविरुद्ध बम हमला, गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ०:५१,

भारतको पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसैनलाई बम हमला गरिएको छ। उनी गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्सिबाद जिल्लास्थित निमटिटा रेलवे स्टेसनमा मन्त्री हुसैलाई बुधबार राति १० बजे अज्ञात समूहले बमले हानेको हो। घटनामा मन्त्रीसँग रहेका कम्तीमा अन्य दुई व्यक्ति पनि घाइते भएको बताइएको छ।

पश्चिम बंगाल प्रहरीका एक वरिष्ठ अधिकारीले श्रममन्त्री हुसैन रेलको प्रतीक्षा गरिरहेका बेला बम हमला भएको जानकारी दिएका छन्।

जाङ्गीपुर सबडिभिजन अस्पतालमा उपचार हुन नसकेपछि मन्त्री हुसैनलाई मुर्सिबाद मेडिकल कलेजमा भर्ना गरिएको छ।

श्रममन्त्री हुसैन हिँडिरहेका बेला बम हानिएको भिडिओसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।

हेर्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad