समाज


चोरीका चारवटा मोटरसाइकसहित सात युवा पक्राउ

चोरीका चारवटा मोटरसाइकसहित सात युवा पक्राउ

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ०:४५,

चोरीका चारवटा मोटरसाइकलसहित भक्तपुर प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार चोरीका मोटरसाइकलसहित विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका- ९ घर भएका २२ वर्षीय कुलबहादुर तामाङ, सोही ठाउँका २४ वर्षीय गोविन्द गौतम, ओखलढुंगाकै खिजी देम्बा गाउँपालिका-२ का २८ वर्षीय पञ्चमान तामाङ, दोलखाको शैलुङ गाउँपालिका-४ घर भई हाल ललितपुरको धोबिघाट बस्ने २७ वर्षीय अभिषेक योञ्जन, शैलुङ- ६ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय सुमन नेपाली, शैलुङ-२ घर भई हाल भक्तपुरको सूर्यविनायकमा बस्ने २३ वर्षीय फुर्वा तामाङ र सोही ठाउँका २१ वर्षी राजु तामाङ छन्।

उनीहरुले भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलका किसन थापाको घरबाट प्रदेश ३-०२-०१० प ७१४१ नम्बरको पल्सर, भक्तपुरको बाराही स्थानबाट पेम्बा तामाङको प्रदेश २-०२० प ८८२७, भक्तपुरबाटै बा.९८ प ८९६४ र भक्तपुरको ठिमीबाट प्रदेश ३-०२-०१७ प ७०४८ नम्बरको मोटरसाइकल चोरी गरेका प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान भइहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad