नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग बुधबार बिदाइ भेट गरेका छन्।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत मासामिचीले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन्।
भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुुर रहेको चर्चा गरेका थिए।
‘उहाँले कोभिड–१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गर्नु भयो,’ सभामुखको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘सभामुख सापकोटाले त्यसका लागि जापानी सरकार र सबै जापानी जनतालाई बधाई ज्ञापन गर्नु भयो।’
सापकोटाले जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
उनको सचिवालयका अनुसार नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि पनि धन्यवाद व्यक्त गरेका थिए।
राजदुत मासामिचीले नेपाल बसाइका क्रममा भएको सहयोप्रति आभार प्रकट गरेका थिए।

प्रतिक्रिया