राजनीति


भारत–चीन विवाद सुधारउन्मुख, सीमाबाट सेना फर्काइँदा बंकर तथा हेलिप्याड भत्काइए 

भारत–चीन विवाद सुधारउन्मुख, सीमाबाट सेना फर्काइँदा बंकर तथा हेलिप्याड भत्काइए 

नेपालखबर
फागुन ५, २०७७ बुधबार ११:२१,

टाइम्स अफ इन्डियाका अनुसार पूर्वी लद्दाख नजिकैको विवादित क्षेत्र पाङगोङ सो ताल तथा अन्य विभिन्न क्षेत्रबाट भारत र चीनले आफ्ना सेनाहरु पछाडि फर्काउन थालेका छन्।

गत महिना दुवै देशका सेनाबीच भएको ९ औं चरणको वार्तापछि सहमति अनुसार दुवै देश शान्ति स्थापनाको पक्षमा देखिएका हुन्।

खबरहरुका अनुसार एलएसीको फिङ्गर फाइभमा चीनले बनाएका हेलिप्याड र अस्थायी संचरनाहरु भत्काउन थालिएको छ।

भारतका सेनाले पनि बंकर लगायतका अस्थायी संरचनाहरु भत्काएको र आफ्ना सेना फर्काउन थालेको बताइएको छ।

No description available.

गत महिना दुई देशबीच यही फेब्रुअरी १० देखि विवादित क्षेत्रबाट सेना हटाउने सहमति गरेका थिए।

टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ सेनाले ८० मिटर लामो ब्यानर पनि हटाएको छ, जसमा चिनियाँ भाषामा केही संकेत र नक्सा थिए। उक्त ब्यानर फिङ्गर फाइभ र सिक्सको बीचमा राखिएको थियो।

भूभाग आफ्नो भएको दाबी गरिएको ब्यानर यसरी बनाइएको थियो कि माथि आकाशमा उडिरहेको विमानबाट पनि प्रस्ट देख्न सकिन्थ्यो।

गत वर्षको जुन १५ तारिखमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच सीमाका विषयमा विवाद हुँदा झडप भएको थियो।

No description available.

त्यस क्रममा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ के कति क्षति भयो भएन अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन।

त्यसयता दुई देशबीच सीमा विवाद निकै चर्किएको थियो। दुवै देशले एकअर्कालाई एलएसीको अवस्था परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad