अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियाशील युवा गायक कपिल सापकोटाले ‘छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
आफूलाई भन्दा धेरै माया गर्ने व्यक्तिप्रति समर्पित यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम् उनकै संगीत रहेको छ। पप लभ भर्सनको यस गीतको म्युजिक भिडिओमा अंकित गिरी र एस्तर खड्गी फिचर्ड छन्।
रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडिओलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्। ऋषि सुफीको कन्सेप्ट र निर्देशनमा भिडिओ तयार पारिएको हो।
मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडिओ सार्वजनिक भएको हो।

प्रतिक्रिया