ad ad

राजनीति


रिहाइपछि रामकुमारीले भनिन्: सरकारले दबाब थाम्न नसकेर छाड्यो (भिडिओ)

रिहाइपछि रामकुमारीले भनिन्: सरकारले दबाब थाम्न नसकेर छाड्यो (भिडिओ)

नेपालखबर
माघ २९, २०७७ बिहिबार १३:३९,

प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ रामकुमारी झाँक्रीले सरकारले आफ्नो पक्षमा सिर्जना भएको दबाब थेग्न नसकेर आफूलाई रिहा गर्न बाध्य भएको बताएकी छन्।

‘सडकमा एकखालको दबाब पनि सिर्जना भयो, यो सरकारले थाम्न सकेन, त्यसकारण छोड्यो,’ प्रहरी हिरासतबाट बाहिरिँदै गर्दा झाँक्रीले भनिन्।

प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा पक्राउ गरिएको हो भन्ने जिज्ञासामा उनले पीडितको कुनै उजुरीबिना नै पक्राउ गरिएको हुँदा कार्यकारीकै आदेशमा गरिएको पुष्टि हुने उनले बताइन्।

‘पीडितले जाहेरी नदिएको विषयमा जब पक्राउ गरिन्छ, त्यतिबेला कार्यकारीकै प्रत्यक्ष दबाब वा इन्ट्रेस्टमै नागरिकलाई नियन्त्रणमा लिने गरिन्छ,’ उनले भनिन्, ‘त्यसकारण त्यो होइन भन्न सकिन्न, हो।’

गिरफ्तारीपछि उनलाई अपराध महाशाखा बानेश्वरमा केहि घण्टा राखेर रिहा गरिएको हो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आजै बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका थिए।

गोरखा जिल्लाको एक कार्यक्रममा भाषण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई उनकै निवासबाट गिरफ्तार गरिएको थियो।

सो भाषणमा अभिव्यक्त आफ्ना भनाइप्रति कुनै पश्चाताप छ कि भन्ने जिज्ञासामा उनले त्यस्तो नभएको बताइन्।

‘राष्ट्रपति संस्थाप्रति हाम्रो जहिल्यै पनि सम्मान छ, किनभने हाम्रो लडाइँ, आन्दोलन र रगत पसिनाले स्थापित संस्था हो,’ उनले भनिन्, ‘त्यहाँ पुग्ने पात्रहरुले जस्तो प्रवृत्ति देखाउँछन् र संविधान र कानुनको धज्जी उडाउँछन् त्यसविरुद्ध लडाइँ सडकमा जारी छ, त्यसप्रति किन कुनै पश्चाताप व्यक्त गर्नुपर्ने, बरु त्यस्ता प्रवृत्ति र प्रतिगमन ढाल्ने आन्दोलन अघि बढाउँछौं।’

भिडिओः 

यो पनि:

गणतन्त्रमा यसरी गिरफ्तार भइन् जनआन्दोलनकी ‘पोस्टर गर्ल’

रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्‍यो प्रहरी

- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .