राजनीति


हिरासतबाटै रामकुमारीले भनिन्ः यो अन्तिम लडाइँ हो, आआफ्नो ठाउँमा डटौँ

हिरासतबाटै रामकुमारीले भनिन्ः यो अन्तिम लडाइँ हो, आआफ्नो ठाउँमा डटौँ

नेपालखबर
माघ २९, २०७७ बिहिबार ८:३९,

प्रहरीले पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा लगिएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले अन्तिम लडाइँ सुरु भएको भन्दै सबैजना आफ्नो ठाउँमा डटेर लड्न आग्रह गरेकी छन्।

उनलाई आज बिहीबार प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा शंखमुलस्थित उनको निवासबाटै पक्राउ गरी अपराध महाशाखा लगिएको हो।

उनले आफूलाई राज्यविरूद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको र अहिले अपराध अनुसन्धान मिनभवनमा रहेको जानकारी दिएकी छन्।

‘सबै साथिहरूले धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो, आफ्नो ठाउँमा डटौँ,’ उनले सामाजिक सञ्जालमार्फत् आह्वान गरेकी छन्।

झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।

झाँक्रीले केहि दिनपहिले गोरखामा भाषण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सो आरोप लगाइएको हो।

यो पनि:

रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्‍यो प्रहरी

- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad